कथित दलीत भएकै कारण सुनार मारिएपछि संसदमा घमासन

Read Time:2 Minute, 25 Second

दलीत भएकै कारणले कालीकोटका मनवीर सुनारलाई जघन्य हत्या गरेको विरोधमा व्यवस्थापिका संसद अवरुद्ध भएको छ । व्यवस्थापिका संसद बोल्दै  एनेकपा माओवादीा सभासद खड्गबहादुर विश्वकर्माले राज्यले जातीय विभेद अन्त्य गरेको घोषणा गरेको लामो समय बित्तिसक्दा पनि सरकारले त्यसलाई प्रभावकारीरुपमा कार्यान्वयनमा नल्याउनु र हत्यारालाई कारवाही नगर्नु अक्षम्य अपराध भएको बताए । घट्नाको सन्दर्भमा सरकारले तत्काल जवाफ दिनुपर्ने, दोषीलाई कारबाही र मृतकका परिवारलाई क्षतिपूर्तिस्वरुप रु.१० लाख उपलब्ध गराई सहिद घोषण गर्नुपर्ने उनको माग थियो ।

नेपाली काँग्रेसका खड्गबहादुर बस्यालले मृतक मनवीरलाई सहिद घोषणा गर्न र पीडित परिवारलाई राहतको व्यवस्था  गर्नुपर्नेमा जोड दिए । एमाले सभासद छविलाल विश्वकर्माले संविधानले छुवाछुतलाई गैरकानुनी तुल्याइसकेको उल्लेख गर्दै संविधान प्रदत्त अधिकार प्रयोग गर्ने क्रममा मनवीर मारिएको हुँदा सरकारसँग त्यो घटनाका बारे निष्पक्ष छानबिन माग गरे । घटनाका बारेमा यथार्थ विवरण नआएसम्म संसद बैठक चल्न नदिने घोषणा विश्वकर्माले घोषणा गरे ।

सभासदहरु रश्मीराज नेपाली, कलावतीदेवी दुसाध, शान्तिदेवी चमारलगायतले कालिकोट घटनाका दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका थिए ।  

गत मङ्सिर २४ गते चुरोट सल्काउने बेलामा झुक्किएर चुल्हो छोइएको निहूँमा सुनारको हत्या गरिएको थियो । गाई पिट्नेलाई जेलमा कोचीरहेका बाबुराम भट्टराई नेतृत्वको सरकार दलितको हत्यारालाई पनि स्वतन्त्र छोडि दिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %