‘सेनामा मधेसीलाई सामुहिक भर्ना लिन मिल्दैन’

Read Time:1 Minute, 23 Second

मधेसी समुदायलाई सेनामा भर्ना सामुहिक प्रवेश गराउने विषयलाई लिएर विरोध शुरु भएको छ । सरकारले पुस ५ गते ३००० मधेशीलाई सेनामा लिने निर्णय गरेको भोलिपल्टै विभिन्न प्रतिकि्रया प्राप्त भएको हो ।

नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले मधेसी समुदायका युवालाई एकमुष्ठ नेपाली सेनामा भर्ना गर्न नहुने बताए ।  पार्टीको विधान सम्मेलनका लागि महेन्द्रनगरमा पुगेका नेता जोशीले समूहगतरुपमा मधेसीलाई सेनामा भर्ना गरिए त्यसको परिणाम गलत हुने धारणा राखे । सेनामा समूहगतरुपमा विश्वभर कतै पनि एकमुष्ठ भर्ना गर्ने प्रकि्रया नभएको अध्यक्ष जोशीको भनाई थियो ।

चुरे भावर राष्ट्रिय एकता पार्टीले पनि सेनामा सामुहिक प्रवेशको विरोध गरेको छ । पुस ६ गते प्रेस विज्ञिप्तिमाफर्त सरकारले कुनै समुदाय वा क्षेत्रका लागि सेनामा विशेषस्थान दिँदा सेनाको व्यवसायिकता नरहने धारणा राखे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %