सरकारले नेपाली सेनामा मधेसी समुदायको सहभागिता बढाउन ३००० सेना भर्ना गर्न रक्षा मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ । सिँहदरबारमा पुस ५ गते बसेको मन्त्रिपरिषदको वैठकपछि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सेनालाई बढीभन्दा बढी समावेसी बनाउने नीतिपत्र २०६८ पारित गरेपछि मधेसी समुदायलाई सेनामा भर्ना हुने अवसर मिलेको बताए ।
तराई मधेसका मधेसी दलित आदिवासी जनजाति मुस्लिम महिला र अति पिछडिएका समुदायलाई रिक्त दरबन्दीमा भर्ना गरिने नीति पत्रमा उल्लेख भएको श्रेष्ठले जानकारी दिए । बैठकले शान्ति प्रकि्रयापछि एमाओवादीका नेताले प्रयोग गर्दै आएका ९४ थान गाडीमध्ये ५९ थानलाई शान्ति तथा पुनःनिर्माण मन्त्रालयको नाममा र ३७ वटालाई एमाओवादी पार्टीकै नाममा दर्ता गराउने निर्णय पनि गरेको छ ।
यसैवीच नेपाल प्रहरीका गोपालप्रसाद भण्डारी, हेमन्तकुमार ठकुरी, केशवप्रसाद अधिकारी र नेत्रप्रसाद आचार्य प्राविधिक लाई प्रहरी नायब महानिरीक्षकमा बढुवा गरिएको छ । लमही-तुल्सीपुर सडकलाई कृष्णसेन इच्छुक मार्ग, रुपनी-राजविराज सडकलाई गजेन्द्रनारायण िसंह मार्ग, नेपालगाज-बगौडा सडकलाई कमल गिरी मार्ग, मिर्चैया-सिराहा सडकलाई रमेश महतो मार्ग, बर्दिवास-जलेश्वर सडकलाई दुर्गानन्द झा मार्ग र द्रव्य शाह सडकलाई सुरेश वाग्ले मार्ग नामाकरण गरिएको पनि श्रेष्ठले जानकारी दिए ।
