राष्ट्रिय जनमुक्ति पार्टी संखुवासभा जिल्ला भेलाले भरत राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राजमुपा संघीय परिषद सदस्य बलदीप राईले जनमुक्ति विचारधाराबाट आउने बहुजातीय प्रजातान्त्रिक समाजले मात्रै मुलुकलाई सही दिशानिर्देश गर्न सक्ने बताए ।
भेलामा युवा मोर्चाका केन्द्रिय अध्यक्ष राजेन्द्र राई युवाहरुले गौरवसाथ काम गर्ने वातावरण नबनेसम्म देश अगाडि बढ्न नसक्ने धारणा राखेका थिए । कार्यक्रममा ३२ गाविसबाट सहभागिता रहेको सो पार्टीको वेभसाईटमा उल्लेख छ । भेलासँगै प्रशिक्षण पनि संचालन गरिएको आयोजकले जनाएको छ ।
