नेपाल आदिवासी जनजाति महासङ्घ र नेपाल तामाङ घेदुङले खोटाङमा गोरु पिटेको निहुमा झुठ्ठा मुद्दा लगाएर प्रहरी हिरासतमा राखिएकोमा कडा विरोध जनाएको छ । महासंघ र घेदुङद्वारा विज्ञप्तिमा आफ्नो धर्म संस्कार र संस्कृतिमाथि हस्तक्षेप गर्न खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
जनजाति महासङ्घका महासचिव आङकाजी शेर्पा किसान र नेपाल तामाङ घेदुङका महासचिव कुमार ब्लोन तामाङले हस्ताक्षर गरेको विज्ञप्तिमा पक्राउ परेका आदिवासीलाई तत्काल बिनासर्त रिहाइको मागसमेत गरिएको छ । विभिन्न पाँच वटा जातीय सङ्गठनले यसअघि नै गोरु काटेको निहुमा झुठ्ठा मुद्दा लगाइएका चारजनाको बिनासर्त रिहाइको माग गरेका थिए । यही पुस १ गते सदरमुकाम दिक्तेलमा गोरु काटेर मासु बाँड्दै गरेको निहुमा दिक्तेल-२ का दीपेश श्रेष्ठ र नवीन गुरुङ, दिक्तेल-६ का रामचन्द्र राई र खार्मी-७ का कर्णबहादुर तामाङलाई पक्राउ गरिएको थियो ।
सम्बन्धित समाचार
गाई काट्ने पार्टीको प्रधानमन्त्रीकै पालामा गोरु काटेको आरोपमा चार जनजाति पक्राउ
