कारागारमा अभियुक्त पौडेल मारिएको विरोधमा काँग्रेसको बन्द

Read Time:1 Minute, 35 Second

सजय लामाको हत्या अभियोगमा भरतपुर कारागारमा रहेकै अवस्थामा तरुण दल चितवन अध्यक्ष शिव पौडेल मारिएको विरोधमा काँग्रेसले पुस ४ गते नेपाल बन्द आव्हान गरेको छ । हत्याका आरोपी पौडेललाई गत हप्ता कारागारमै रहेका कैदीहरुको अर्को समूहले आक्रमण गरेर सख्त घाइते बनाएका थिए । उनको उपचारको क्रममा पुस २ गते काठमाडौंमा मृत्यु  भएपछि काँग्रेसले विभन्न आन्दोलन घोषणा गरेको हो ।

चौतर्फी दवाव र आग्रहका वावजुद पुस ३ गते साँझ बसेको काँग्रेस केन्द्रिय समितिको वैठकले नेपाल बन्द फिर्ता नलिने निर्णय गरेको हो । सरकारले पुस २ गते नै घट्नाको छानविन गर्न तीन सदस्य आयोग गठन गरेको छ भने पीडित परिवारलाई रु १० लाख दिने निर्णय गरिसकेको छ ।

नेपाल पत्रकार महासंघले बन्दको समाचार संकलन गर्न गएका पत्रकारहरुलाई कुटपीट गर्ने र मोटरसाईकल जलाएको घट्नाको कडा विरोध गरेको छ । राजधानी दैनिकका पत्रकार मधुजंग कार्कीमाथि पुस २ गते काँग्रेसका कार्यकर्ताले बालाजुलाई आक्रमण गरेर मोटरसाईकल जलाई दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %