नेपाल मगर संघको आगामी कार्यकालको अध्यक्ष पदमा महेन्द्र थापा र बमकुमारी बुढाले उम्मेदवारी दिएका छन् । गुल्मीमा जारी १० राष्ट्रिय महाधिवेशनमा मंसिर २८ गते थापा र बुढाले उम्मेदवारी दर्ता गराएका हुन । थापा निवर्तमान पश्चिमान्चल उपाध्यक्ष हुन भने बुढा पुर्व केन्द्रिय उपाध्यक्ष हुन ।
वरिष्ठ उपाध्यक्षमा बसन्ती घर्ति र चुना थापाको उम्मेदवारी परेको छ । महासचिवमा बालकृष्ण काउछा र नविन रोकाले मनोनयन दर्ता गराएका छन् । कोषाध्यक्षमा कुलप्रसाद पुन दोहोरिने सम्भावना छ ।
चुनावी प्रकि्रया शुरु भएपनि नेताहरु सहमतिको प्रयासमा जुटेका छन् । माओवादी काँग्रेस एमाले र जनमुक्ति पार्टीवीच नेतृत्व चयनमा सहमति भए पनि सहमति भन्दा बढी उम्मेदवारी परेपछि थप छलफल गर्नु परेको मगर संघका पूर्व सचिव चन्द्रबहादुर श्रीसले जानकारी दिएका छन् ।
३६७ प्रतिनिधि रहेको भएपनि महाधिवेशन लम्बिएपछि केही प्रतिनिधिहरु घर गईसकेको आयोजकले जनाएको छ । मतदान हुँदा करिब ३०० मत खस्ने उनीहरुको अनुमान छ ।
मंसिर २४ देखि २७ गतेका लागि निर्धारित महाधिवेशन २८ गतेसम्म पनि सकिएको छैन । आयोजकले प्रतिनिधिहरुलाई खानाको समेत व्यवस्था नगर्ने चेतावनी दिएको एक प्रतिनिधिले राज्यसत्ता डटकमसँग गुनासो पोखे । खानाको प्रति छाक रु २०० तिर्नुपर्ने अवस्था आएको ति प्रतिनिधिले नाम उल्लेख नगर्ने शर्तमा बताए ।
सम्बन्धित समाचार
एमाओवादी विवाद नेपाल मगर संघको महाधिवेशनसम्म
मगरलाई आरक्षण आवश्यक छँदै छैन-वर्षमान पुन
मगर संघको केन्द्रीय महाधिवेशन गुल्मीमा
