एमाओवादी विवाद नेपाल मगर संघको महाधिवेशनसम्म

Read Time:1 Minute, 45 Second

एकिकृत नेकपा माओवादीको संस्थापक्ष र मोहन वैद्यपक्षको विवाद नेपाल मगर संघको महाधिवेशनसम्म पुगेको छ । पुष्पकमल दाहाल बाबुराम भट्टराई मोहन वैद्य र रामबहादुर थापाहरुलाई मगर संघ प्रति कुनै वास्ता छैन । तर ती नेताहरुका समर्थक मगरहरुवीच देखिएको विवाद मगर संघको अधिवेशनसम्म पुगेको हो ।

मगर संघमा लामो भूमिका विनै केन्द्रिय महासचिव बन्ने मौका पाएका बसन्त घर्ती तुलारामलाई माओवादी भित्रैका मगरहरुले समर्थन नगर्ने अवस्था आएको एक प्रतिनिधिले जानकारी दिएका छन् । घर्ती वैद्य पक्षधर हुन भने संघमा माओवादीका दाहाल पक्षीय प्रतिनिधिहरु हावी भएको बताइन्छ । मगर संघमा माओवादीको प्रभाव बढाउन कम्मर कसेर लागेका संघ पूर्व महासचिव सूरेश आले मगर स्वयम वैद्य पक्षीय हुन । तर उनले पनि माओवादीका प्रतिनिधिहरुलाई घर्तिको पक्षमा ल्याउन नसकेको स्रोतले बताएको छ ।

माओवादीका दाहाल, भट्टराई र वैद्य पक्षवीचको विवादका कारण माओवादीको संघमा वार्गेनिङ्ग पावर घटेको देखिन्छ । आन्तरिक विवादका कारण माओवादी निर्वाचन भन्दा पनि सहमति नेतृत्व चयन गर्ने पक्षमा पुगेको बताइन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %