राज्य पुर्नसंरचनासम्बन्धी बहस चलिरहेको बेलामा किरात याक्थुम चुम्लुङले आत्मनिर्णयको अधिकार र स्वायत्तता विषयमा छलफल आयोजना गर्ने भएको छ । छलफल मंसिर २८ गते दिनको १ बजे ललितपुर महालक्ष्मीस्थानस्थित चुम्लुङ भवन हुने आयोजक संस्थाका महासचिव योगराज बनेमले जानकारी दिएका छन् ।
आत्मनिर्णय र स्वायत्तताको विषयमा डा. महेन्द्र लावतीले कार्यपत्र प्रस्तुत गर्ने र त्यसपछि अन्तरकि्रया शुरु हुने कार्यक्रम रहेको छ । बहुलवादी लोकतन्त्र र संघीयताका जानकार लावती वेस्टर्न युनिभसर्िटी अमेरिकाका प्राध्यपक हुन ।
