राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालले सभामुख सुभाष नेम्बाङलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले मंसिर २६ गते सभामुखलाई भेटेर सरकार र महासङ्घबीच २०६८ साल वैशाख १८ गते भएको तीनबुँदे सहमतिलाई कार्यान्वयन गर्न माग गरेका हुन ।
वैशाखमा भएको सहमतिमा ख्रीष्टियन समुदायका लाथि स्थायी समाधिस्थलको व्यवस्था गर्ने उल्लेख छ । सरकार र महासङ्घबीच भएको सहमतिमा विभिन्न राजनीतिक दलका प्रतिनिधि गृह वन भूमिसुधार र संस्कृति मन्त्रालय तथा ख्रीष्टियन समुदायबाट सिफारिस गरिएका तीनजनासहितको सर्वपक्षीय एवम् उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखिएको छ ।
सरकारले आफूहरुसँग गरेको सहमतिविपरीत विस २०६८ असोज १५ गते समाधिस्थल व्यवस्थापन सुझाव समिति गठन गरेकाले उक्त समितिलाई तत्काल खारेज गर्नुपर्ने उनीहरुको माग छ । महासङ्घका कार्यवाहक अध्यक्ष डा इशुजङ्ग कार्कीले समाधिस्थलको माग गर्दै रत्नपार्कस्थित शान्तिबाटिकामा गत चैत ९ गते सुरु गरिएको रिले अनशनपछि सरकारले तत्काल अस्थायी समाधिस्थलको व्यवस्था गर्न सहमति जनाएको तर हालसम्म त्यो पूरा नभएको बताए ।
