योमरी पर्वको रौनक

Read Time:58 Second

नेवार समुदायमा मनाइने पर्वमध्येको योमरी पूर्णिमा धुमधामसँग मनाइयो । मंसिर २४ गते योमरीको अवसरमा तुलाधर बज्राचार्य मानन्धर ज्यापुले बिहानैदेखि घरघरमा योमरी मनाएका हुन ।

धनका देवता मानिने भगवान कुबेर एक मगन्तेको भेषमा आई एउटा घरमा खानेकुरा माग्न जाँदा आजकै दिन परेकाले घरबेटीले कुबेरलाई सन्तुष्ट हुने गरी योमरी खुवाएको र भगवान कुवेर खुशी भई तिम्रो घरमा लक्ष्मीले बास गरुन् र धनधान्य होस् भनी आशिर्वाद दिई अलप भएकाले यो दिनलाई धान्यपूर्णिमा पनि भनिने गरिएको लोकश्रुति छ । नेवार समुदाय नेपालका सबै भन्दा बढी चाडपर्व मनाउने समुदायमा हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %