करबाकेली थानको प्रचारमा स्थानीय विकास सचिव

Read Time:3 Minute, 33 Second

म्याग्दीको राम्चे गाविसलाई दिशा मुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम सम्पन्न भएको छ । र, यसको लागि स्थानीय मन्त्रालयका सचिव, म्याग्दी/पर्वत जिल्लाका एलडिओ, डा. महाविर पुन, पर्यटन विकास कार्यक्रम अन्तर्गतका प्रतिनिधि, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरु, पत्रकार, लद्यु उद्योगका प्रतिनिधि गरि ५५ जनाको जम्बो टोली राम्चे गाउँमा उपस्थित भएका थिए । राम्चे गाविस नेपाल अधिराज्यभरिमा २४० वटा गाविस र म्याग्दी जिल्लामा १८ औं स्थानमा दिशा मुक्त क्षेत्र घोषणा भएको हो ।

यसै अवसरमा सहभागी भएका सबै महानुभावहरुलाई काफलडाँडाको रामचन-कुलचन डाँडामा निर्माण भईरहेको करबाकेली बाबाको थानको अवलोकन तथा काफलडाँडाको विकास स्कुल बाटो पुल खानेपानी बिजुली खास गरि करबाकेलीको निर्माण भई रहेको राष्ट्रिय स्तरको थान सम्बन्धी यथार्थ जानकारीको लागि करबाकेली थान निर्माण समितिका संयोजक चामबहादुर गर्बुजाको अग्रसरतामा एक अवलोकन कार्यक्रमको पहल भएको थियो । बाहिरबाट आएका पाहुनालाई करबाकेली बाबा संरक्षण समिति र आमा समुह काफलडाँडाले फुलमालाले स्वागत गरि एक परिचयात्मक तथा छलफल कार्यक्रम गरिएको जानकारी संयोजकबाट प्राप्त भएको छ ।

छलफल तथा थानको जानकारी गराउने कार्यक्रममा स्थानीय विकास मन्त्रालयका सचिवज्यूबाट आफ्नो सान्दर्भिक कुरा राख्ने क्रममा यस ठाउँको विकासको लागि स्थानीय स्तरबाट नै अग्रसरता हुनुपर्ने तथा यस ठाउँबाट राम्राराम्रा ठाउँहरु देखिने हुनाले यो स्थलको महत्व आफ्नै ठाउँमा रहेको आफुले पाएको जसलाई स्थानीय तहबाट संरक्षण तथा प्रचारमा पहल हुन जरुरी रहेको र यस ठाउँमा पर्यटकलाई ल्याउनको लागि गलेश्वरबाट केबुलकारको पनि योजना बनाई राख्नको लागि काफलडाँडेबासीलाई पहल गरिरहन जानकारी गराए भने विभिन्न राजनैतिक पार्टी पत्रकारहरुले समेत काफलडाँडामा निर्माण भईरहेको थान तथा प्रचारप्रसारको लागि आफुहरुले सक्दो सहयोग गर्ने बचन दिएका थिए ।

यसरी सम्पन्न भएको कार्यक्रम पश्चात कारबाकेली थान सम्बन्धी एक परियोजना बनाएर कार्तिक २९ गते स्थानीय विकास मन्त्रालयको लागि जिल्ला विकास समिति मार्फत परियोजना प्रस्ताव थान निर्माण समितिका संयोजक संरक्षण समितिका प्रतिनिधि र आमा समुह काफलडाँडाको संयुक्त टोलीले बेनीमा बुझाएका छन् ।

मेजन पुन मगर\म्याग्दी

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %