नेटवर्क कारोबार सुकेपछि हिन्दु राजनीतिमा

Read Time:1 Minute, 15 Second

हर्वो इन्टरनेशनल नामक नेटवर्क सचालक पुष्पराज पौडेल राष्ट्रिय धर्मसभा नेपालको महासचिव चयन भएका छन् । नेपाललाई हिन्दु अधिराज्य बनाउन माग गर्दै आएको सभाको राजधानीमा मंसिर २१ गते सम्पन्न दोस्रो भेलाले ५१ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको अध्यक्षमा डा. माधवप्रसाद भट्टराई, उपाध्यक्षद्वय  सूर्यप्रसाद ढुँगेल र भीमकुमारी श्रेष्ठ, सचिवमा रामदरेशराय यादव र कोषाध्यक्षमा एकराज ढुँगेललाई चयन गरेको छ ।

पुष्पराज  (पुरुष)पौडेल


८० हजार भन्दा बढी नेपालीलाई हर्वो नामक नेटवर्कको सदस्य बनाएका पौडेलले आफूलाई पुष्पराज पुरुषको रुपमा चिनाउँदै आएका छन् । अहिले हिन्दुहरुको मन्दिरलाई मात्रै सुरक्षा दिनुपर्ने माग गर्दै हिँडेका पुष्पराज यसअघि गोल्ड क्वेष्ट नामक नेटवर्क कम्पनीका हर्ताकर्ता  थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %