राज्य पुर्नसंरचना आयोगमा सबै भन्दापछि थपिएका सदस्य डा. मदन परियार आयोगको सदस्य बनेका छन् । सिँहदरबारमा मंसिर २० गते बसेको मन्त्री परिषदको वैठकले परियारलाई संयोजक बनाउने निर्णय गरेको हो ।
विभिन्न पार्टीमा रहेका दलित सभासदहरुले दवाव दिएपछि मुख्य राजनीतिक दलहरुले बाध्य भएर परियारलाई आयोगको सदस्य र संयोजक बनाउन सिफारिस गरेको थियो । परियार मंसिर १८ गते आयोगको सदस्य बनेका थिए । ९ सदस्यीय आयोगको बाँकी सदस्यहरु भने मंसिर ६ गते आयोग गठन भएकै दिन सदस्य नियुक्त भएका थिए ।
सम्बन्धित समाचार
राज्य पुर्नसंरचना आयोगमा परियार
राज्यपुर्नसंरचना आयोगको कार्यविधि पारित
राज्य पुर्नसंरचना आयोगको प्रवत्तामा हाक्षेथु
जनजाति बोलेपछि दलितले पनि मुख खोले
दलीय भागबन्डापछि राज्य पुर्नसंरचना आयोग गठन
राज्य पुर्नसंरचना आयोगमा दलहरुवीच लुछाचुँडी
