नारायण गोपाल स्मृति दिवसमा गुरुङ्ग सम्मानित

Read Time:1 Minute, 3 Second

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति अम्बर गुरुङ्ग स्वर सम्राट स्मृति सम्मानद्वारा सम्मानित भएका छन् । नारायण गोपाल सङ्गीत कोषद्वारा कोषको २१ औं स्मृति दिवसको अवसरमा मंसिर १९ गते कोषका अध्यक्ष फत्तेमान राजभण्डारीले कुलपति गुरुङ्लाई सम्मान प्रदान गरेका हुन । गुरुङ्गले रु २५ हजार सम्मान राशी प्राप्त गरेका छन् ।

वरिष्ठ संगीतकार गुरुङ्गले सम्मानले संगीत सिर्जनामा लाग्न थप प्रेरणा मिलेको धारणा राखे । सम्मान कार्यक्रममा कोषका उपाध्याक्ष पुष्प चित्रकारर महासचिव वानिरा गिरी लगायतले नारायण गोपाल र गुरुङ्गको सांगीतिक योगदानको विषयमा चर्चा गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %