राज्य पुर्नसंरचना आयोगको सदस्यमा डा. मदन परियार चयन भएका छन् । प्रमुख दलहरुवीची मंसिर १८ गते परियारलाई सदस्य बनाउने सहमति भएको हो ।
‘बोल्नेको पिठो बिक्छ’ भन्ने उखान आयोग गठनमा पनि लागु भएको छ । दलहरुवीच आयोगमा वाहुन सदस्य थप्ने सहमति भईसकेपनि विभिन्न दलमा भएका दलित सभासदहरुले व्यवस्थापिका संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि परियार आयोग सदस्य बन्न सम्भव भएको हो । दलित सभासदहरुले संसदमा दलित प्रतिनिधित्वको माग गरेका थिए ।
परियार थपिएपछि आयोगले पूर्णता पाएको छ । मंसिर ६ गते मल्ल के सुन्दर, सावित्रा गुरुङ्ग, कृष्ण हाक्षेथु, भोगेन्द्र झा, रमेश ढुँगेल, स्टेला तामाङ्ग र सुरेन्द्र साह सदस्यमा चयन भईसकेका छन् ।
दलहरुको भागबन्डाको खेलले आयोगको अध्यक्ष चयन नभएपछि वर्णानुक्रम अनुसार वैठकको अध्यक्षता भईरहेको छ । आयोगको कार्यतालिका र कार्यविधि पारित भईसेको छ भने प्रवत्तामा हाक्षेथु चयन भएका छन् ।
सम्बन्धित समाचार
राज्यपुर्नसंरचना आयोगको कार्यविधि पारित
राज्य पुर्नसंरचना आयोगको प्रवत्तामा हाक्षेथु
जनजाति बोलेपछि दलितले पनि मुख खोले
दलीय भागबन्डापछि राज्य पुर्नसंरचना आयोग गठन
राज्य पुर्नसंरचना आयोगमा दलहरुवीच लुछाचुँडी
