दक्षिण एसियाकै सर्वाधिक प्रतिष्ठित साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सन्दिप राईले गरेको गोल मद्दतले नेपाल र माल्दिभ्सबीचको खेल बराबरीमा सकिएको छ । भारतको नयाँदिल्लीमा मंसिर १६ गते भएको खेलमा राईले गोल गरेका हुन । मध्यान्तरअघिको इन्जुरी समयमा एक गोल खाएरपछि परेको नेपाललाई बराबरीमा पुर् याउन ५२ औं मिनेटमा राईले गोल गरेका थिए ।
नेपाली फुटबलको अधिकाँश अन्तराष्ट्रिय गोल जनजाति खेलाडीको नाममा छ । नेपालले अर्को खेल मंसिर १८ गते बंगलादेशविरुद्ध खेल्नेछ ।
फिफा बरियाता क्रममा पहिलो पटक दक्षिण एसियाकै उत्कृष्ट टीममा दरिएको नेपाललाई साफ च्याम्पियनसीप जित्नै पर्ने चुनौति छ । बेयाती प्रशिक्षक ग्राह्म रोबर्टको प्रशिक्षण पाईरहेका खेलाडीहरु निकै उत्साहित पनि छन् ।
