भाषा धर्म संस्कृति संरक्षण र सम्बद्र्धन मगहरको मूल मन्त्री जातीय पहिचान सहितको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने मुल नाराका साथ नेपाल मगर संघ नलपरासीको ९ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । माकर गाविसमा सम्पन्न अधिवेशनबाट गजेन्द्र आले मगरको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
ढिलो गरी प्राप्त समाचार अनुसार चित्रबहादुर आले उपाध्यक्ष, लुमबहादुर खाम्चा सचिव, रोशन थापा सहसचिव र डिबी थापा कोषाध्यक्ष चयन भएका छन् । गजेन्द्र आलेले आफू अध्यक्ष बन्न नपाए जे पनि गर्ने धम्की दिएपछि अधिवेशनस्थल तनावग्रस्त बनेको थियो । संघका केन्द्रिय अध्यक्ष झकबहादुर थापा विवाद मिलाउन काठमाडौंबाट जानु परेको थियो ।
प्रेमध्वज गाहा मगर\नवलपरासी
