‘जातीय छुवाछुत मानवता विरोधी अपराध’

Read Time:1 Minute, 34 Second

राजधानीमा तीनदिन अघि शुरु भएको जातीय विभेदविरुद्धको अन्तर्राष्ट्रिय सम्मेलनले जातीय छुवाछुतलाई मानवताविरुद्धको अपराध भएको ठहर गरेको छ । सम्मेलनको अन्तिम दिन मंसिर १५ गते मानवताविरुद्धको अपराध अन्त्य गर्न सामुहिक पहल आवश्यक भएको सरोकारवालाहरुको निश्कर्ष छ ।

अन्तराष्ट्रिय दासता उन्मूलन दिवसका अवसरमा अन्तराष्ट्रिय दलित ऐक्यबद्धता सजाल र दलित गैरसरकारी संस्था महासङ्घले संयुक्त रुपमा आयोजना गरेको सम्मेलन समापन समारोहमा बोल्दै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले दलित समुदायका मागहरु सम्बोधनका लागि सरकारले पहल गर्ने आश्वासन दिए ।

सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, बेलायत, जापान, जर्मनी, फिन्ाल्यान्ड, डेनमार्क लगायतका देशका ५० भन्दा बढी दलित अधिकारकर्मीहरु सहभागी थिए । कार्यक्रममा सजालका संयोजक रिकी नोहरलिन्ड, महासङ्घका अध्यक्ष गजाधर सुनार, अधिकारकर्मी पदम सुन्दास लगायतले राज्यको पहल विना दलित समुदायको समस्या अन्त्य हुन नसक्ने धारणा राखेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %