नेपाल आदिवासी जनजाति महासंघले ‘राज्य पुर्नसंरचना र आदिवासी जनजाति सवाल’ विषयमा छलफल गर्ने भएको छ । महासंघका महासचिव आङकाजी शेर्पाका अनुसार मंसिर १७ गते काठमार्डौ नयाँबानेश्वरस्थित अनमोल क्याटरिङ्ग छलफल आयोजना गरिएको हो ।
छलफलमा एमाओवादी, काँग्रेस र एमाले लगायतका पार्टीका नेताहरुलाई आमन्त्रण गरिएको शेर्पाले बताए । आदिवासी जनजातिका लागि मरिमेट्ने राष्ट्रिय जनमुक्ति पार्टी, नेवा राष्ट्रिय पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च लगायतका पार्टीका नेताहरुलाई छलफलमा आमन्त्रण गरिएको नगरिएको बारे भने शेर्पाले स्पष्ट पारेनन् । उनले सहभागीहरुलाई सकेसम्म स्वजातीय पहिरनमा आउन आग्रह गरेका छन् ।
