वाहुन नेतृत्वको सरकार र क्षेत्री, वाहुनवीच ३ बुँदे सहमति

Read Time:1 Minute, 25 Second

एस लिम्बु/काठमाडौं

सरकार र क्षेत्री वाहुनवीच भएको तीन बुँदे सहमति भएको छ । सिँहदरबारस्थित शान्ति मन्त्रायलयमा मंसिर ९ गते भएको सहमतिलाई यसअघि अन्य समूहसँग भएको सहमतिलाई जसरी प्रचार प्रसार गर्न सरकारले चाहेको छैन ।

वाहुन समाज नेपाल र क्षेत्री समाज राष्ट्रिय महासंघ लगायतले राखेको सम्पूर्ण जायज माग एक महिना भित्र परिवर्तनको आभाष हुने गरी सम्बोधन गर्ने सहमति भएको छ । सहमतिको दोस्रो नम्बरमा वाहुन र क्षेत्री जातीको जातीय माग पुरा गराउन संवैधान र अन्य कानुन फेर्न परे फेर्ने सहमति भएको छ । अन्तिम बुँदामा वाहुन र क्षेत्रीको आन्दोलन फिर्ता हुने उल्लेख छ ।

शान्ति मन्त्री सत्या पहाडिले नेतृत्वको गरेको वार्तामा विद्रोहको तर्फबाट नारायणप्रसाद अधिकारी, कुमारबहादुर थापा, लक्ष्मीप्रसाद संग्रौला, विष्णुबहादुर खड्का लगायत १८ जना क्षेत्री वाहुनले हस्ताक्षर गरेका छन् । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %