
संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देनले आफूहरु लिम्बुवान प्राप्तीका लागि एक हजार वर्षसम्म लड्न तयार रहेको बताएका छन् । विराटनगरमा मंसिर ११ गते आयोजित आमसभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन ।
आमसभामा नेता बोल्दै नेता लिङ्देनले लिम्बुवान प्राप्तीमा धोका भए पहिचानको राजनीतिका लागि हजार वर्ष लड्न आफुहरु तयार रहेको धारणा राखेका हुन । नव गठित राज्य पुर्नसंरचना आयोगले लिम्बुवान विनाको राज्यपुर्नसंरचनाको खाका ल्याए शान्तिपूर्ण आन्दोलन सशस्त्र संघर्षमा बदलिने चेतावनी समेत दिए ।
राज्य परिषदका महासचिव खगेन्द्र माखिमले अरुण पूर्वका ९ जिल्लालाई स्वायत्तता सहित लिम्बुवान प्रान्त बनाउनुपर्ने माग राखे । लिम्बुवान विरुद्ध बोल्नेलाई लिम्बुवानमा बस्ने अधिकार नभएको उनको भनाई थियो ।
