राज्य पुनःसंरचना आयोगको पहिलो बैठकले डा कृष्ण हाक्षेथुलार्य प्रवत्ता चयन गर्ने निर्णय गरेको छ । ललितपुरको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा मंसिर ११ गते बसेको वैठकले यस्तो निर्णय गरेको हो । हाक्षेथु मधेशी मोर्चाको सिफारिसमा आयोगको सदस्य नियुक्त भएका हुन ।
अध्यक्ष विनाको आयोगको वैठकको अध्यक्षता सदस्य मल्ल के सुन्दरले गरेका थिए । वैठकमा आयोगको कार्यविधि र क्षेत्र निर्धारण सम्बन्धमा छलफल भएको सुन्दरले जानकारी दिएका छन् । उनका अनुसार मंसिर ११ गते पुनः बस्ने बैठकले कार्यविध र क्षेत्र निर्धारणको विषयलाई पारित गर्नेछ ।
आयोगको कार्यालय नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा आजैबाट साचालन भएको छ । मंसिर ६ गते गठन भएको आठ सदस्यीय आयोगमा एक सदस्य अझै थप्न बाँकी छ । संविधानसभामा दलित सभासदहरुले चर्को प्रतिवाद गरेपछि थपिने सदस्य दलित समुदायको राख्न दलका नेताहरु बाध्य भएका थिए । आठै सदस्य माओवादी, काँग्रेस, एमाले र मधेशी मोर्चाको दलीय भागबन्डा अनुसार आएका हुन ।
