नेकपा एमालेमा आस्थावान मगरहरुको संगठन लोकतान्त्रिक मगर संघको पाँचौ स्थापना दिवस सम्पन्न भएको छ । पाँचौ स्थापना दिवस तथा राष्ट्रिय कार्यकर्ता भेलालाई एमाले अध्यक्ष झलनाथ खनालले मंसिर ९ गते राजधानीमा उदघाटन गरेका हुन ।
कार्यक्रमको उदघाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष खनालले राज्य पुनःसंरचना गर्दा सबै क्षेत्र जाति र भाषालाई समेटिनुपर्ने धारणा राखे । जाती र भाषालाई महत्व नदिदाँ वर्षौदेखिको विभेद र उत्पीडन हट्न नसक्ने खनालको भनाई छ ।
एमाले उपाध्यक्ष अशोक राईले हरेक पार्टी भित्र विभिन्न जातीय संघ संगठनलाई मजबुत बनाउन आवश्यक रहेको बताए । लोकतान्त्रिक मगर सङ्घका अध्यक्ष तथा सभासद दलबहादुर रानामगरले राज्य पुनःसंरचना एकात्मक प्रणालीको आधारमा नभई समावेशी र स्वायतताको आधारमा हुनुपर्नेमा जोड दिए । राना पाल्पाबाट निर्वाचित सभासद हुन ।
