हुलाक सेवा विभागले व्यक्तित्वमालाअन्तर्गत एकदेव आले मगर लगायत चारजना व्यक्तित्वको संस्मरणात्मक हुलाक टिकट प्रकाशन गरेको छ । सूचना तथा साचार राज्यमन्त्री सुरिताकुमारी साहले मंसिर ७ गते टिकटमा प्रथम दिवसीय टाँचा लगाएकी हुन ।
आले मगरलाई नेपालको होचि मिन्ह समेत भन्ने गरिन्छ । उनलाई राजनीतिक क्षेत्रको व्यक्तिको हैसियतले टिकटमा समावेश गरेको विभागले जनाएको छ । आले मगरसँगै मोतीदेवी श्रेष्ठ, शङ्कर लामिछाने र यज्ञराज शर्मा अज्र्यालको पनि संस्मरणात्मक हुलाक टिक बनेको छ ।
