
आफूले लाए अर् हाएको व्यक्तिलाई सदस्यमा राख्न पाएपछि दलहरुले राज्य पुर्नसंरचना आयोग गठन गरेका छन् । प्रमुख दल र मधेशी मोर्चा मिलेर मंसिर ६ आठ सदस्यीय आयोग गठन गरिएको छ । दलीय भागबन्डा नमिल्दा आयोगको अध्यक्ष भने अझै चयन हुन सकेको छैन ।
एनेकपा माओवादीको भागमा परेको कोटामा स्टेला तामाङ्ग र मल्ल के सुन्दर, नेपाली काँग्रेसको कोटाबाट रमेश ढुँगेल र सावित्री गुरुङ्ग, नेकपा एमालेको कोटाबाट भोगेन्द्र झा र सर्वज्ञराज खड्का तथा मधेशी मोर्चाको तर्फबाट कृष्ण हाक्षेथु र सुरेन्द्रकुमार महतो सदस्य भएका छन् । आयोग ९ सदस्यीय हुने भनिएपनि दलहरुवीचको विवादका कारण एक सदस्य छनौट हुन सकेन ।
राज्युपर्नसंरचनामा दलहरुवीच देखिएको विवाद मिलाउने भनिएपनि दलहरुले भागबन्डा गरेपछि उल्टो समस्या बल्झिने देखिएको छ । किनभने दलको कोटाबाट गएकाहरुले अन्ततः पार्टी निर्देशन भन्दा फरक मत राख्न सक्न संभावना अत्यन्त न्यून हुन्छ ।

