संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका लागि मसाल जुलुस

Read Time:1 Minute, 27 Second

विभिन्न राजनीतिक दल तथा संघसंस्थाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्न माग गर्दै राजधानीमा विशाल मसाल जुलुस निकालेको छ ।  मंसिर १४ गते भित्र संघीयता स्वशासन र जातीय स्वायत्तता माग्दै काठमाडौं सुन्धाराबाट प्रर्दशन गरेका हुन ।

राज्यले जानी जानी दमनमा  पारेका आदिवासी जनजाति मधेशी दलित महिला र दुर्गम क्षेत्रका जनतालाई राज्यको हरेक निकायमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी संविधान बनाउन माग गर्दै उनीहरुले जुलुस निकालेका हुन ।

यसरी जुलुस निकाल्नेहरुमा राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मच, नेपा: राष्ट्रिय पार्टी, अखिल नेपाल जनजाति महासंघ (एकिकृत,) ताम्सालिङ नेपाल राष्ट्रिय दल, आदिवासी\जातीय\क्षेत्री महासंघ नेपाल, आदिवासी जनजाति महासंघ (समाजवादी) र जनमुक्ति पार्टी नेपाल रहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %