एनेकपा माओवादी नेता तथा सङ्घीय मामला संविधानसभा संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री गोपाल किरातीले सङ्घीय नेपालका लागि ११ प्रदेशसहितको राज्यपुर्नसंरचनाको खाका पेस गरेका छन् । आफूले पेस गरेको प्रस्तावअनुसारका प्रदेशहरुको सामथ्र्य विकास गर्नुपर्दछ भन्नेमा आफूलगायत जनजाति सङ्घ तथा संस्थाहरु पनि सहमत रहेको किरातीको भनाई छ ।
किरातीद्वारा मंसिर २ गते दिइएको जानकारी अनुसार
कोच मधेस
लुम्बिनी
थारुवान
लिम्बुवान
किरात
शेर्पा
ताम्सालिङ
नेवा
तमुवान
मगरात
खसान
जडान
भोटे प्रदेशको खाका अघि सारिएका छन् । किरातीले मङ्सिर १ गतेको मन्त्रिपरिषद्को बैठकमा पेस राज्य पुनःसंरचना समितिकै प्रतिवेदनलाई आधार बनाएको र ११ वटा प्रदेश नै नेपालको सन्र्दभमा जायज भएको बताए ।
नेपाल सरकारको सङ्घीय मामला संविधानसभा संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालयको आयोजनामा गत कात्तिक २७ गते भएको सङ्घीयतासम्बन्धी गोष्ठीले दिएको निष्कर्षका आधारमा सो प्रस्ताव पेस गरिएको हो । यसअघि नेपालमा जम्मा ८०० जिल्ला बनाउने प्रस्ताव गर्दा मन्त्री किराती आलोचित भएका थिए ।
