जनमुक्तिद्वारा संविधानसभा घेराउ

Read Time:1 Minute, 33 Second

संविधानसभाबाटै आदिवासी\जनजाति, दलित, मधेशी र महिलामैत्री संविधान बनाउन माग गदै्र राष्ट्रिय जनमुक्ति पार्टीले संविधानसभा घेराउ गरेको छ । भाका अभियानको समापनमा कार्तिक ३० गते संविधानसभा भवन अगाडि विशाल नागरिकसभा गरेको दुई दिनपछि अर्थात मंसिर २ गते फेरी सो पार्टीले संविधानसभा घेराउ गरेको हो ।  

सरकारले विज्ञ समूह बनाउने नाममा आदिवासी\जनजाति, दलित, मधेशी, महिला र मुस्लिम समुदायको अधिकार हनन गर्न लागेको भन्दै उनीहरुले संविधानसभा भवन अगाडि कोणसभा समेत साचालन गरे । कोणसभालाई सम्बोधन गदैं राजमुपा उपाध्यक्ष रविन्द्र सुनारले ठूला दलहरुले विज्ञ टोली वा आयोग बनाउने बहानामा जननिर्वाचित संविधानसभाको मानमर्दन गरेको बताए ।

सभामा सो पार्टीका प्रशिक्षण विभाग प्रमुख रत्न रानाले संघीयता र धर्मनिरपेक्षता विनाको संविधान आफूहरुलाई कुनै हालतमा मान्य नहुने धारणा राखे । नेता रानाले जनताको अधिकारका लागि जनमुक्ति पार्टीले निरन्तर संघर्ष गरिरहने बताए ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %