
राष्टिय जनमुक्ति पार्टीको तीन महिने ‘भाका अभियान २०६८’ सम्पन्न भएको दिन काठमाडौं र ललितपुर जनमुक्तिमय भएको छ । भाका समापनका दिन कार्तिक ३० गते आयोजित नागरिकसभामा उपस्थित सो पार्टीका नेता कार्यकर्ता तथा शुभचिन्तकले राजधानी जनमुक्तिमय बनेको हो ।
भाका समापनका दिन नयाँबानेश्वरस्थित संविधानसभा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजमुपा उपाध्यक्ष शिवलाल थापाले माओवादी, काँग्रेस र एमाले जस्ता दलका कारण जनताले समयमा संविधान पाउन नसकेको बताए । जातीय जनजंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व भए मात्रै मुलुकले अग्रगति लिन सक्ने उपाध्यक्ष थापाको भनाई थियो ।

विशाल नागरिकसभालाई सम्बोधन गर्दै अर्कावक्ता सॊ पार्टीका महासचिव केशव सूर्यवंशीले विज्ञ टोलीले संविधान बनाउने हो भने जननिर्वाचित ६०१ सभासदलाई तलब भत्ता खुवाएर राख्नुको औचित्य नहुने धारणा राखे । सूर्यवंशीले राष्टिय जनमुक्ति पार्टीलॆ मात्रै आदिवासी जनजाति दलित मधेशी मुस्लिम र महिलाका समस्या सम्बोधन गर्न सक्ने धारणा राखे ।
कार्यक्रममा राजमुपा संघीय परिषद सदस्य बलदीप राई र राष्टिय युवा मोर्चाका महासचिव सुन्दर गुरुङ्घले युवाहरुको शक्तिलाई अवमुल्य नगर्न राज्यलाई चुनौति दिए । कार्यक्रम राजमुपा उपाध्यक्ष तथा भाका अभियानका संयोजक रविन्द्र सुनारको सभापतित्वमा सम्पन्न भएको थियो ।
पार्टीले गत भदौदेखि कात्तिक महिनासम्म शान्ति र संविधानका लागि जनचेतना फैलाउने जनदबाब सिर्जना गर्ने र पार्टीको धारणा सार्वजनिक गर्ने कार्य गरेको थियो । भदौदेखि कात्तिकसम्म गरिएको सो कार्यक्रमलाई ‘भाका अभियान’ नाम दिइएको थियो । मुलुकका चौध सहरमा साचालित सो अभियानको आज यहाँ आयोजित समापन कार्यक्रममा पार्टीका नेताहरुले जनचाहनाअनुरुपको शान्ति र संविधानमा दलहरुले देखाएको उदासीनता जनताप्रतिको ठाडो हस्तक्षेप भएको बताए ।

तस्विर:- गोविन्द घर्ति










तस्विर:- गोविन्द घर्ति


तस्विर:- गोविन्द घर्ति
