बालकृष्ण ढुँगेललाई माफी दिने निर्णय फिर्ता गर-सिपी गजुरेल

Read Time:56 Second

एनेकपा माओवादी सचिव सिपी गजुरेलले माओवादी सभासद बालकृष्ण ढुङ्गेललाई माफी दिने निर्णय सरकारले तत्काल फिर्ता लिनुपर्ने बताएका छन् । राजधानीमा कार्तिक २७ गते आयोजित कार्यक्रममा बोल्दै नेता गजुरेलले यस्तो धारणा राखेका हुन ।

अदालतले हत्यारा घोषित गरिसकेको व्यक्तिको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्को निर्णयले राष्ट्रपतिलाई समेत विवादमा मुछ्ने काम भएको नेता गजुरेलको धारणा छ । द्वन्द्वको समयमा भएका सम्पूर्ण मुद्दालाई एकमुष्ट टुङ्ग्याउनुपर्ने तर सभासद् ढुङ्गेललाई मात्र माफी दिनु उचित नहुने उनको भनाई छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %