तुलनात्मक रुपमा जनताले आशा गरेको भनिएका प्रधानमन्त्री डा बाबुराम भट्टराई हदैसम्म जातीवादी देखिएका छन् । सर्वोच्च अदालतबाटै हत्यारा प्रमाणित भईसकेका बालकृष्ण ढुँगेललाई माफी दिनुपर्ने निर्णय गरेको भट्टराई सरकारले एक दलितलाई भने गाई काटेको निहुँमा प्रहरी लगाएर जेलमा कोचिएको छ । म्याग्दी सदरमुकाम बेनी नजिकैको पर्वत माझफाँटका डिलबहादुर नेपालीलाई प्रहरीले पक्रेको हो । तर उनले गाई मारेको प्रमाण भने भेटेको छैन ।
गोरु काटेको भन्दै बहाना बनाएर उनलाई अस्थायी प्रहरी चौकी पारिवेनीले पक्राउ गरेको हो । माझफाँट ९ का नेपालीलाई सहयोग गर्ने अन्यलाई खोजिरहेको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी चौकी पारिबेनीका असई बासुदेव पण्डितले हिराबहादुर नेपाली र गोरे नेपालीलाई खोजिरहेको बताए । डिलबहादुरलाई भने थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कुश्मामा पुर् याइएको छ ।
सरकारले बचाउन लागेको ढुँगेलले उज्जनकुमार श्रेष्ठको हत्या गरेको जिल्लादेखि सर्वोच्च अदालतसम्म सप्रमाण फैसला गरिसकेके छ । भट्टराई नेतृत्वको सरकारले मान्छे मार्ने वाहुनलाई माफी र निर्दोष दलितलाई गाई काटेको हुन सक्ने आशंकामा जेलमा हाल्नु कहाँको न्याय हो ?
एस लिम्बु
