दलित जनजाति पार्टीद्वारा नयाँ संविधानका लागि दवाव

Read Time:1 Minute, 13 Second

आदिवासी\जनजाति, दलित, महिला र मुस्लिमको अधिकार सुनिश्चित गर्न माग गदै दलित जनजाति पार्टीले राजधानीमा दवाव मुलुक र्याली आयोजना गरेको छ । कार्तिक २५ गते निकालिएको र् यालीमा सो पार्टी अध्यक्ष तथा सभासद विश्वेन्द्र पासवानले दलित जनजाति र महिलाको अधिकार सहितको  संविधान बनाउन माग गरे ।

पासवानले ठूला राजनीतिक दलका कारण संविधान लेखनमा समस्या उत्पन्न भएको भन्दै राज्यको मूलप्रवाहबाट विाचत समुदायलाई अघि बढाउन समयमै संविधानलाई जारी गरिनुपर्ने बताए । दलित र जनजातिको मुद्दालाई वेवास्ता गरिए कडा आन्दोलन गर्ने पनि उनले चेतावनी दिएका छन् ।

वनकालीबाट सुरु भएको र् याली गौशाला पुरानो बानेश्वर मैतिदेवी डिल्लीबजार पुतलिसडक हुँदै राष्ट्रियसभा गृहमा पुगेर सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %