पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगरले किराँत धर्मगुरु फाल्गुनन्दको उपदेश र दर्शन आत्मसात् गर्नसके सम्पूर्ण नेपालीमा सुख र शान्ति प्राप्त हुने बताएका छन् । राष्ट्रिय विभूति महिगुम आङसीमाङ फाल्गुनन्द लिङ्देन अध्ययन केन्द्रले कार्तिक २५ गते ललितपुमार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै विष्ट मगरले यस्तो धारणा राखेका हुन ।
लिङ्देनको १२७ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा मन्त्री विष्ट मगरले धर्मगुरु फाल्गुनन्दको विश्वशान्ति र मानव एकताको मूल नारालाई मनन् गर्नुपर्नेमा जोडदिँदै मूलुकको वर्तमान स्थितिमा उहाँको दर्शन समयसापेक्ष रहेकाले उहाँको दर्शनलाई आत्मसात् गर्नुपने उल्लेख गरे ।
सोही कार्यक्रममा वैरागी काइँलाले सामाजिक विकृतिलाई निर्मूल पार्नका लागि समय-समयमा महागुरुले जन्म लिने र सोहीअनुरुप महागुरु फाल्गुनन्दको पनि जन्म भएको उल्लेख गर्दै किराँत धर्मले समाजमा ल्याएको परिवर्तनमा मूख्य भूमिका महागुरुको रहेको धारणा राखे । किराँत धर्मको प्रचारप्रसार गरी धार्मिक सेवा गरेकोमा मेजर केशविसंह लिङ्देनलाई सम्मान गरियो ।
लिङदेनको जन्म विस १९३२ कार्तिक २५ गते भएको थियो ।
