धरानमा हुने जनजाति सम्मेलन तयारी समिति गठन

Read Time:1 Minute, 13 Second

आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार र स्वायत्तताको व्यवहारिक अभ्यासको लागी धरानमा २१ मङ्सीर २०६८ मा आयोजित अन्तर्राष्ट्रिय स्तरको सम्मलेलनको मस्यौदा अवधारणामाथि छलफल गर्न किरात याक्थुङ चुम्लुङ्गका अध्यक्ष अर्जुन लिम्बुको संयोजकत्वमा सम्मेलन आयोजक समिति गठन गरिएको छ । समितिको सचिवमा नेपालका आदिवासीहरुको माधव अधिकार सम्बन्धि वकिल समूह लाहुर्निपका उपाध्यक्ष रहेका छन् ।

यसैगरी सदस्यहरुमा लुखिराम हास्दा(अध्यक्ष, नेपाल आदिवासी सन्थाल उत्थान संघ), सुरेश प्रसाद सिँ (महासचिव, नेपाल गन्गाई कल्याण परिषद), पार्वती राई (अध्यक्ष, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटा), मनबहादुर लिम्बु (सचिव, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद संखुवासभा) लगायत रहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %