वाहुनले नै पढाउन छाडेपछि संस्कृत विद्यालय बन्द हुने अवस्थामा

Read Time:4 Minute, 23 Second

पाल्पामा संचालित एक मात्र संस्कृत विद्यालयमा संस्कृत विषयको पढाई बन्द हुने अवस्थामा पुगेको छ । संस्कृत पढाउने शिक्षकको अभावमा सदरमुकाम तानसेनमा रहेको देववाणी संस्कृत माध्यमिक विद्यालयमा संस्कृत विषयको पढाई बन्द हुने अवस्थामा पुगेको हो ।

संस्कृत अध्यापन गराउने तीन जना शिक्षकले अवकास लिएपछि विद्यालयमा संस्कृत विषय पढाउने शिक्षकको अभाव भएको हो । अध्यापन गराई रहेका लक्ष्मी प्रसाद भट्टराई हरीकृष्ण शर्मा र गोविन्द ढुङ्गानाले अवकास लिएपछि विद्यालयमा संस्कृत शिक्षकको अभाव खड्कीएको विद्यालयका प्रधानाध्यापक बलराम घिमिरेले बताए । शिक्षक अभावमा विगत एक महिना यता संस्कृत विषयको अध्यापन नियमित हुन सकिरहेको छैन ।  घिमिरेले भने ‘तीन जना गुरुले अवकास लिएपछि पढाई नियमीत गर्न अप्ठ्यारो परिरहेकोछ अवकास लिएका शिक्षकलाई करारमा राखेर काम चलाइ रहेका छौ ।’ उनीहरु पनि आउन छोडे भने संस्कृत विषयको पठनपाठन यहाँबाट मात्र होइन जिल्ल्ााबाट नै हटने छ प्रअ घिमिरेको भनाई छ ।

२००९ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा ६ देखि १० सम्म संस्कृत विषयको दुई सय पुर्णाङ्कको अनिवार्य पढाइ हुने गरेको छ । २०२२ सालमा सोहि विद्यालयवाट एसएलसी उत्तिर्ण गरि २०२९ साल देखि सोहि विद्यालयमा अध्यापन गराउदै आएका अवकास प्राप्त शिक्षक लक्ष्मी प्रसाद भट्टराईले भने ‘संस्कृत विद्यालय भएकोले हामीले सधै संघर्ष त गर्नु पथ्र्यो तर अहिले जस्तो पढाई नै बन्द हुने जटिल अवस्था भने आएको थिएन ।’

प्रधानन्याधिश खिलराज रेग्मी जस्ता व्यक्ति उत्पादन गर्न सफल सो विद्यालयमा पछिल्लो समयमा शिक्षक मात्र नभएर विद्यार्थीको समेत अभाव हुन थालेको छ । अहिले सरदर ४५ जना विद्यार्थी विद्यालयमा आउने गरेको प्रअ घिमिरेले जानकारी दिए । संस्कृत विद्यालयलाई सरकारले उचित संरक्षण नदिनु संस्कृत भाषा प्रतिको घट्दो आकर्षण तथा अंग्रेजी भाषा प्रतिको बढ्दो मोह संस्कृत पढी सकेपछि रोजगारीको प्रत्याभुती नहुनु संस्कृत भाषा पढाउने शिक्षकको अभाव लगाएतका कारणले गर्दा पछिल्लो समय मुलुकमा संचालीत संस्कृत विद्यालयहरुमा विद्यार्थीहरुको संख्या घट्दै गएको छ ।

जिल्लामा न्युन विद्यार्थी संख्या रहेका विद्यालयहरु गाभिने तयारी भइरहेकोले अव कतै देववाणी पनि गाभिने त होईन भन्ने चिन्ताले विद्यालय परिवारलाई सताउन थालेको छ । शिक्षक जनशक्तिलाई त्यतिकै खेर जान नदिने भन्दै विद्यार्थी संख्या अति न्युन भएका विद्यालयहरुलाई गाभ्ने कार्य भईरहेको जिल्ला शिक्षा अधिकारी विष्णु द्धारेले बताए । विद्यालय गाभ्दैमा कुनै असर नपर्ने द्धारेको दावी छ । विद्यालयको पछिल्लो जटिल अवस्थाका विषयमा अभिभावक शिक्षक विद्यार्थी स्थानिय लगायत सरोकारवाल संग अन्तरकृया गर्ने तयारी भईरहेको विद्यालयका शिक्षक रामजिवन ज्ञवालीले जानकारी दिए ।

देव पचभैया\पाल्पा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %