जनजाति महासंघको भेलासम्बन्धी विज्ञप्ती

Read Time:8 Minute, 30 Second

जन आन्दोलनको महान लक्ष्य धर्म निरपेक्ष  संघीयता लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न देशमा विद्यामान जातिय विभेद लगायत लैङ्गिक वार्गिय क्षेत्रिय विभेद अपाङ्ग दलित अल्पसंख्याक मुस्लीम समुदय माथी सबै खाले  विभेदको अन्त्य गर्न  स्थायी शान्ति स्थापना र देशको दिगो आर्थिक विकाशका लागि आम नेपालीले  जनताले अपेक्षा गरेको नयाँ संविधान साढे तिन वर्षको अवधिमा प्राप्त हुन नसकेकोमा नेपालका हामी संम्पूर्ण आदिवासी जनजाति गम्भिर चिन्ता व्यक्त गर्दछौ । समयको अप्रयाप्ततताले मात्र संविधान समयमा नलेखेको होइना संविधान निर्माणका लागि जिम्मेवार दलहरुको नियत नै दिन प्रति दिन खोट पूर्ण बन्दै गएकोले हो । जनतालाई झूठो प्रतिबद्धता देखाउदै हतार हतारमा संझौता माथी संझौता गरेर संविधान निर्माणको लागि थपेको डेढ वर्षको समय अवधिमा संविधान निर्माणमा नभै दल भित्र नेताहरुको अन्तर कलह विवाद मिलाउन सरकार गठन र  विघटन खेलमा मात्र केन्द्रीत रहने दलहरुले संविधान जारी गर्दैन भन्ने आम नेपालीको बुझाईछ । हालै दलहरु बीच भएको ७ वुदे संझौताको हामी स्वागत गर्छौ यदपी यो पनि विगतका संझौता जस्तै कार्यन्वयनका लागि विविध जटिलताले घेरिएकोछ  । संविधान सभामा निर्णायक शक्ति ठूलो दल र सरकारको नेतृत्व लिने एकीकृत माओवादी दल भित्र नै  ७ वुदे संझौता प्रति एकता नहुनु सझौता प्रति सबै दलको सहमती नजुटनु र १८ महिनासम्माको प्रयासमा नबनेको राष्ट्रिय सहमतिको सरकार विना ठोस आधार पुन गठन गर्ने प्रतिबद्धता संझौतामा समावेश गरिएकोले संझौता  फितलो देखिएकोछ । <br>
<br>
संविधानको महत्वपूर्ण विषयहरु राज्यपुर्नसंरचना र शासकिय स्वरुपबारे जनताद्धारा निर्वाचित सभासदहरु दलहरुको केन्द्रीय  सदस्य र कार्यकर्ताहरु सरोकारवाला संघसंस्थाहरु र आम नागरिक बीच प्रर्याप्त परामर्श विना दलका केहि नेताहरुले नै सबै निर्णय गर्ने हो भने आदिवासी जनजाति महिला पिछडा वर्ग क्षेत्र दलित मधेशी अपाङ्ग मुस्लमि समुदायको अधिकार स्थापित भएको र आम नागरिक सर्वभौम सम्पन्न भएको जनमुखी र जनउतरदायी संविधान जारी हुनेमा आशंका पैदा भएकोछ । अतः आदिवासी जनजातिको अधिकार स्थापित भएको संविधान जारी गर्न जोडदार  माग गर्दै सबै दलहरुको ध्यानकार्षनार्थ नेपाल आदिवासी जनजाति महासंघको घठक संगठन ५६ केन्द्रीय जातिय संगठन ८ राष्ट्रिय स्तरको सम्बन्धन संगठन १२ वटा अन्तर्राष्ट्रिय माच ६८ जिल्ला समन्वय परिषद संघीय परिषद सदस्यहरु वर्तमान तथा निवर्तमान सचिवालयका पदाधिकारीहरु महासंघका सल्लाहकारहरुको प्रतिनिधित्वमा सिन्धुपाल्चोकको चौतरामा २०६८ कार्तिक २४ र २५ नेपाल आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय भेला आयोजना गरिएकोछ । राष्ट्रिय भेलाको उदघाटन समारोहमा करिब १५ हजारभन्दा बढी र दास्रो दिनको कार्यक्रममा करिब ३ सय प्रतिनिधिहरु सहभागी रहनेछन् ।

राष्ट्रिय भेलाको प्रमुख अतिथिमा सविधानसभाका सम्माननीय सभामुख विशेष अतिथि तथा अतिथिको आसनग्रहणका लागि क्रमश ३ दलका नेता तथा प्रतिनिधि अर्थमन्त्री सघीय संसदीय मामिला तथा संस्कृति मन्त्री राष्ट्रिय योजना आयोगको सचिव आदिवासी जनजाति सभासदसभा ककस को अध्यक्ष आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्ष महासंघको सल्लाहकारहरु आदिवासी जनजाति महिला महासंघको महासचिव सिन्धुपाल्चोक जिल्लाका सम्पूर्ण सभासदहरु र एन जि ओ फोनिनको अध्यक्षलाई निमन्त्रण गरि  सकेकोछ ।  

दोस्रो राष्ट्रिय भेलाका उदेश्यहरुः
१ प्रथम ऐतिहांसिक राष्ट्रिय भेलालाई निरन्तरता प्रदान गर्न।

२ आदिवासी जनजातिको अधिकार सुनिश्चित भएको संविधान मंसीर १४ गते जारी गराउन दवाव तथा परिणाममुखी आन्दोलन कार्यक्रमहरु तय गर्न ।

३ कार्य तालिका निर्माण गरेर तत्काल आई एल ओ १६९ लाई कार्यन्वयन गराउन रणनीति तयार गर्नु ।

४ वर्तमान राजनीतिक अवस्थाबारे साझा अवधारणा तयार गर्न ।  

५ आदिवासी जनजातिको अधिकार सम्बन्धि घोषणापत्र तयार गरेर जारी गर्न ।

६ आदिवासी जनजातिको अधिकारसंग सम्बन्धित सरकारी नीति तथा कार्यक्रमहरुबारे छलफल तथा साझा अवधारणा निर्माण गर्न ।

क जलवायु परिवर्तन तथा रेडप्लसबारे सरकारी नीतिको समिक्षा र महासंघको अवधारण र दृटिकोण तयार गर्न  
ख जनगणना २०६८ को परिणामको समिक्षा गर्न

ग निर्वाचन आयोगबाट वितरित मतदाता परिचयपत्रबारे समिक्षा गर्न

घ आदिवासी जनजाति जिल्ला समन्वय समिति गठन निर्देशिका संशोधनबारे छलफल गर्न

ङ आदिवासी जनजातिको सबै जातिय संगठनहरु र आदिवासी जनजाति  जिल्ला नगर तथा गाउँ समन्वय परिषदहरु साचालनार्थ  केन्द्र जिल्ला नगर तथा गाउँ स्तरमा बार्षिक सरकारी बजेटको व्यवस्थाको लागी रणनीति तय गर्न

च जिल्ला नगर तथा गाउँ स्तरको सर्वदलिया संयन्त्रमा आदिवासी जनजाति जिल्ला नगर तथा गाउँ समन्वय परिषदको आाधिकारिक प्रतिनिधित्वबारे छलफल गर्न ।

७ नेपालको संविधानमा आदिवासी जनजाति अधिकार संम्बन्धि आदिवासी सभासदसभा ककस को आवधारणापत्रको समिक्ष गर्न ।

८ नेपाल आदिवासी जनजाति महासंघको गतिविधीको समिक्षा तथा भावि नीति र कार्यक्रमको समिक्ष गर्न ।

कार्यक्रम

कार्तिक २० गतेः प्रेस सम्मेलन काठमाडौ
कार्तिक २४ गते विहान ७ बजेः  तीनकुने काठमाडौ देखि चौतारासम्म मोटर साईकल  तथा  मोटर र् याली । जम्मा हुने स्थानः तिनकुने काठमाडौ
कार्तिक २४ गते अपरान्ह १२ बजेः राष्ट्रिय भेलाको उदघाटन तथा साँस्कृतिक कार्यक्रम चौतारा  
कार्तिक २५ गते  विहान ८ बजेदेखि ३ बजेसम्मः राष्ट्रिय भेला
कार्तिक २५ गते  साँझा ४ बजे घोषणापत्र जारी तथा समापन कार्यक्रम

राजकुमार लेखी थारु                            
अध्यक्ष                                  
नेपाल आदिवासी जनजाति महासंघ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %