‘बाबुरामलाई काम गर्न देऊ’

Read Time:1 Minute, 39 Second

प्रधानमन्त्री बाबुराम भट्टराईलाई काम गर्ने मौका दिनुपर्ने भन्दै पाल्पामा अभियान थािलएको छ । ‘बाबुरामलाई काम गर्न देऊ’ लेखिएका टि-सर्ट लगाएर युवाहरुले पार्टी भन्दामाथि उठेर सबैले राम्रो गर्नेलाई साथ दिनुपर्नेमा जोड दिएका छन् ।

तानसेनमा कार्तिक १६ गते पत्रकार सम्मेलन गरेर युवाहरुले योग्यलाई मौका दिनुपर्ने बताएका हुन् । कुनै दलसंग आबद्ध नभएको र सचेत नेपाली जनताका हैसियतले यस्तो अभियान सुरु गरेको उनीहरुको भनाई छ । अभियानका अगुवा सागर घिमिरेलका अनुसार सरकारका राम्रा कामको प्रशंसा गर्नुपर्ने भएकाले उनलाई अझै हौसला दिन यस्तो अभियान थालेको बताए ।
अर्का अभियान्ता रामचन्द्र नेपालले अहिलेका भरोसायोग्य र जनताका पि्रय प्रधानमन्त्री भएकाले उनलाई काम गर्नका लागि हौसला दिन यस्तो अभियान चलाएको जानकारी दिएका छन् । उनीहरुले यस्तै सन्देशका स्टिकर समेत तैयार पार्ने बताएका छन् । आज तानसेनमा दर्जनौ युबाहरुले बाबुरामलाई काम गर्न देउ लेखिएका टिस्रट लगाएर बजार परिक्रमा गरेका थिए ।

देव पचभैया\पाल्पा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %