ताम्सालीङ नेपाल राष्ट्रिय दलसँग एकिकरण

Read Time:2 Minute, 6 Second

ताम्सालीङ-नेपाल राष्ट्रिय दल र तामाङसालीङ स्वायत्त राज्य समितिबीच एकिकरण भएको छ ।  पर्शुराम तामाङ्ग नेतृत्वको दल र पेशल तामाङ्ग अध्यक्ष रहेको समितिवीच कार्तिक १५ गते एकिकरण भएको हो । दुबै अध्यक्षद्वारा संयुक्त हस्ताक्षरित विज्ञिप्तिमा ताम्सालीङ-नेपाल राष्ट्रिय दल र तामाङसालीङ स्वायत्त राज्य समितिबीच केन्द्रीय समिति जिल्ला समिति गाउँ समिति र यी दुईवटा संगठनसंग आवद्ध सबै जनवर्गीय सङ्गठनहरु एकता भएको उल्लेख छ ।  एकता पछिको दलको नाम ‘ताम्सालीङ-नेपाल राष्ट्रिय दल’ नै रहने पर्शुराम तामाङ्गले जानकारी दिएका छन् ।

यसैवीच विज्ञप्तीमा राजनीतिक संकटको अन्त्य गर्न मंसिर १४ गतेभित्र छिटोभन्दा छिटो ऐतिहासिक थातथलो, जाति र भाषाका आधारमा अखण्डित ताम्सालिङ स्वायत्त प्रदेश र सङ्घीयतासहितको उत्पीडित जात, जाति, वर्ग, क्षेत्र र लिङ्गको अधिकार सुनिश्चित भएको सार्थक संविधान जारी गर्न पनि जोडदार माग गरेको छ । देश र जनतालाई बचाउँन अहिलेको राजनीतिक संकटबाट बचाउन सम्पूर्ण धर्मनिरपेक्षता, जातीय स्वायत्तता, सङ्घीयता, गणतन्त्र, आत्मनिर्णयको अधिकार एवं जातीय\क्षेत्रीय र वर्गीय मुक्तिको लागि अन्दोलनरत राजनीतिक दलहरु, सामाजिक सङ्घ\संस्था र सचेत जनसमुदायलाई एकता र संघर्षका लागि आव्हान गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %