भगवान गौतम बुद्धको मावली स्थल देवदहमा परिक्षणका लागि उत्खनन कार्य पुनः शुरु भएको छ । देवदहको कन्यामाई क्षेत्रमा शुरु ३ महिनासम्म उत्खनन् गर्ने लुम्विनी विकास कोषका पुरातत्वविद् हिमाल उप्रेतीले बताए ।
प्राकृतिक माटोसम्म पुगेपछि मात्र पुरातात्विक हिसावले प्रमाणित गर्न सकिने प्रमाणहरु भेटाउन सकिने हँुदा प्राकृतिक माटो नभेटिदासम्म उत्खनन् कार्य निरन्तर रुपमा संचालन हुने पुरातत्वविद् उप्रेतीको भनाई छ । ईट्टा बन्नु भन्दा पहिलाको अवस्था जानकारी पाउन यस वर्ष चारवटा ट्रेन्च खन्ने र एउटा महत्व पूर्ण लागेको ठाउमा गहिरो खनेर प्राकृतिक माटो भेटाएर यथार्थ कुरा पत्ता लगाउन सकिने उप्रेतीले उल्लेख छ । 
तस्विर:गोविन्द घर्ति
लुम्विनी विकास कोषको व्यवस्थापन पक्षले भगवान गौतम बुद्धको मावली स्थल देवदहका ऐतिहासिक एवं पुरातात्तिक ठाउँहरुको उत्खनन् गर्ने र संरक्षण गर्नेमा बढि चासो देखाएको कारण यस वर्ष देखि कन्यामाई क्षेत्रमा भएका ऐतिहासिक एवं पुरातात्तिक देवदह क्षेत्रको उत्खनन्का लागि लुम्विनी विकास कोषले गत वर्ष ४ लाख र यस वर्ष ६ लाख रुपैया विनियोजन गिरी कन्यामाई क्षेत्रमा उत्खनन कार्य जारी राखेको छ । कन्यामाई क्षेत्रमा गत साल उत्खनन गर्दा भेटिएका वस्तुहरु बुद्ध संग सम्वन्धीत मात्र भेटाइएका कारण बुद्धको मावली देवदह हुन सक्ने संभावना बढ्दै गएको उप्रेतीको तकृ रहेको छ । पुरातत्व विभागका पुरातत्वविद् प्रकाश दर्नालले भगवान गौतम बुद्धकी आमा माया देवीको मूर्ति लुम्विनी वाहेक देवदहमा मात्र फेला परेको कारण देवदह नै बुद्धको मावली हुन सक्ने गत वर्ष नै बताए ।
उत्खनन् कार्य पुरा हुन सय वर्ष लाग्नेः पुरातत्वविद्
भगवान गौतम बुद्धको मावली देवदह क्षेत्रमा भएको ऐतिहासिक एवं पुरातात्तिक स्थानहरुको पूर्ण रुपमा उत्खनन् गर्नको लागि कम्तिमा सय वर्ष भन्दा बढि समय लाग्ने लुम्विनी विकास कोषका पुरातत्वविद् उप्रेतीले जानकारी दिए । देवदह क्षेत्रमा भएका कन्यमाई, बैरीमाई, भवानीपुर, वंगाला बंगाली, खयरडाडा, भलुही, घोडाहा, मृगौली, तरगौली, पाकरी वृक्ष लगायतका स्थान र उक्त ठाउमा भएका ऐतिहासिक एवं पुरातात्तिक वस्तुको पूर्ण पहिचानका लागि लगातार काम गर्ने हो भने सय वर्ष भन्दा बढि नै समय र आर्थिक खर्च गर्नु पर्ने उनको भनाई छ ।
गोविन्द घर्ति\देवदह
