प्रमुख दलहरुवीच एनकेपा माओवादीका साढे ६ हजार लडाकु समायोजन गर्ने सहमति भएको छ । माओवादी, काँग्रेस र एमालेवीच कार्तिक १५ गते लडाकु समायोजनको विषयमा सहमति जुटेको हो ।
शान्ति प्रकि्रयाको सबैभन्दा महत्वपूर्ण अंग मानिएको एमाओवादी लडाकु समायोजनसँगै शान्ति निर्माणले पनि गति लिने भएको छ ।
समायोजन नहुने वा हुन नचाहने लडाकुले जनही ५ देखि ८ लाख रुपियाँ दिने सहमति भएको छ । माओवादी लडाकु समायोजन लगायत संविधान निर्माण र शान्ति प्रकि्रया लगायतका विषयमा भएको तीन दलीय सहमतिको विस्तृत विवरण आउन बाँकी छ ।
