बुद्धसँग सम्बन्धित वस्तु फेला पर् यो

Read Time:2 Minute, 1 Second

रुपन्देहीको देवदह ९ भलुही वयरडाडामा भगवान गौतम बुद्धसंग सम्वन्धित तथ्य फेला परेको छ ।  बुद्धसँग सम्वन्धीत चिलिम ईट्टा खपडा पुजागर्ने सामान लगायतका ऐतिहासिक वस्तुहरु फेला परेको स्थानीयवासीले  जानकारी दिएका छन् ।

उक्त क्षेत्र बुद्धसंग सम्वन्धीत रहेको हुदा उत्खनन संरक्षण गर्न स्थानीय वासी तयार रहेको स्थानीय हेमलाल गौतमले राज्यसत्ता डटकमलाई बताए । विगत केही समय पहिला उक्त स्थानमा भिक्ष्ाहरु आएर अवलोकन गर्ने गरेको तर स्थानीय वासीले कुनै वास्ता नगरेको नविन घर्तिको भनाई छ ।

लुम्विनी विकास कोषका पुरातन विभागका पुरातत्वविद् हिमाल उप्रेतीले भने फेला परेका वस्तुहरु भगवान गौतम बुद्धसंग सम्वन्धीत भए नभएको आधिकारिक जानकारी वृहत उत्खनन् गरेर थप अध्ययन गरेपछि मात्र थाहा हुने बताए । वयरडाडा र रोहिणी नदी नजिकै भएको हुदाँ बुद्धसंग सम्वन्धीत हुन सक्नेमा भने उप्रेती विश्वस्त छन् ।  भगवान गौतम बुद्धको मावली देवदह क्षेत्रमा रहेको मन्यामाई क्षेत्रमा गत साल २ महिना उत्खनन गरेको थियो । उत्खनन गर्ने बेलामा फेला परेको वस्तुहरु अध्ययन गरीरहेको र अहिले पुनः असोज २६ गते देखि कन्यामाई क्षेत्रमा उत्खनन कार्य शुरु भएको छ । उप्रेतीका अनुसार उक्त क्षेत्रमा उत्खनन कार्य ३ महिनासम्म चल्ने छ ।

गोविन्द घर्ति\देवदह

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %