तेह्रथुममा ब्राहमण समाजको क्षेत्रीय समिति गठन भएको छ । आठराईको सक्रान्ति बजारमा कार्तिक १२ गते सम्पन्न भेलाले तुलसीप्रसाद दाहालको अध्यक्षतामा समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा कमल अधिकारी, सचिव अनिरुद्र ति_िम्सना, सहसचिव प्रेम पौडेल र कोषाध्यक्षमा वेदमाया भण्डारी चयन भएका छन् । कार्यक्रममा ब्राहमण समाजका केन्द्रिय सदस्य छविरमण निरौला प्रमुख अतिथि रहेका थिए ।
