अमेरिकी जान हिडेकी डिचेन डोल्मा शेर्पालाई शेर्पा नेपाली होइन भनेर डेढ लाख घुस मागेका पूर्णबहादुर बस्नेतलाई तत्काल कारवाही गर्न प्रधानमन्त्री डा बाबुराम भट्टराईले निर्देशन दिएका छन् । गत असोजमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा डिचेन डोल्मा शेर्पासँग नायब सुब्बा पूर्णबहादुर बस्नेतले शेर्पासँग बार्गेनिङ्ग गरेर एक लाख रुपैयाँ घूस लिएका थिए ।
प्रधानमन्त्रीले भट्टराईले गृहसचिव सुशील जङ्गबहादुर राणा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव भगवती काफ्लेलाई टेलिफोन गरी कारवाहीको निर्देशन दिएको उनका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।
सरकारले सूचिकृत गरेको ५९ आदिवासी जनजाति मध्ये एक शेर्पालाई नागरिकता र पासपोर्ट देखाएपनि शेर्पा नेपाली होइन बनेर बस्नेतले हाकीमहरुसँगको मिलमतोमा घुस लिएका थिए । बस्नेतले जागिर शुरु गरेदेखि नै हाकिमहरुसँग मिलेर जनता लुट्द्रै आएको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिएका छन् ।
