प्रतिपक्षीलाई पनि उछिनेर आफ्नै पार्टी उपाध्यक्ष डा बाबुराम भट्टराई नेतृत्वको सरकारको कडा विरोध गर्दै आएका एमाओवादी उपाध्यक्ष मोहन वैद्य किरणलाई मनाउन प्रधानमन्त्री भट्टराईको दौडधुप जारी छ । आफ्नो सरकारको सबैभन्दा कडा आलोचक वैद्यलाई प्रधानमन्त्री भट्टराईले कार्तिक १२ गते गोङ्गबुस्थित वैद्य निवासमै गएर भेटेका छन् ।
कार्तिक १७ गते शुरु हुन लागेको केन्द्रिय समिति वैठक अगाडि नै वैद्य गुटको चित्त बुझाउने कोशिस स्वरुप प्रधानमन्त्री छलफलमा जुटेका हुन । भेटपछि वैद्यले प्रधानमन्त्री डा भट्टराईसँग सरकार प्रमुखका रुपमा भन्दा पनि पार्टी नेताको हैसियतमा कुराकानी भएको तथा कात्तिक १७ गते हुने केन्द्रीय समितिको बैठकले पार्टीभित्र देखिएका विवाद र विपा सम्झौतालगायतका विषय छलफल भएको बताए ।
यसैवीच वैद्य पक्षमै देखिएका महासचिव रामबहादुर थापा बादलसँग पनि प्रधानमन्त्रीले आजै भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीले थापालाई जोरपाटीमा पुगेर भेटेका हुन । उनले दुबै नेतालाई आफ्नो समूहको नेतालाई सरकारमा पठाउन आग्रह गरेका थिए ।
