दीपावलीको शुभकामना

Read Time:1 Minute, 21 Second

राष्ट्रपति डा. रामवरण यादवले नेपालीको महान् पर्व दीपावलीको अवसरमा सम्पूर्ण नेपालीको सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । अन्धकार हटाई उज्यालो ल्याउने विशेष चाडका रुपमा मनाइने दीपावली तथा तिहार पर्वले आर्थिक समृद्धि र आपसी पारिवारिक तथा सामाजिक सद्भाव एवम् एकता कायम गर्दै समाजमा शान्ति स्थायित्व र प्रगति हासिल गर्न प्रेरणा दिनेछ भन्ने  यसैगरी उपराष्ट्रपति परमानन्द झाले शुभदीपावली तथा छठ पर्वको अवसरमा देश-विदेशमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

दीपावलीको उपलक्ष्यमा शुभकामना दिनेहरुमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति सुशिल कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापा लगायत रहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %