
सरकारले आदिवासी जनजाति अन्र्तगत सूचिकृत गरेको शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीले भने गैरनेपालीको विल्ला लगाई दिने गरेको रहस्य खूलेको छ । अमेरिका जान हिँडेकी दिचिन डोमा शेर्पालाई त्यहाँ कार्यरत हाकिमको निर्देशनमा पूर्णबहादुर बस्नेत नामक अभियुक्तले शेर्पा जाती गैरनेपाली भएको घोषणा गरेका हुन ।
शेर्पालाई गैर नेपाली भनेको मात्रै होइन पासपोर्ट भिसा लगायतका सम्पूर्ण कागजपत्र ठिक हुँदाहुँदै पनि असोज २५ गते दिचिन डोमा शेर्पासँग रु एकलाख दस हजार घुस लिएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ, नेपाल शेर्पा सङ्घ, नेपाल शेर्पा महिला सङ्घ, शेर्पा वल्र्ड डट कमले कार्तिक ९ गते राजधानीमा घुस खाँदै गरेको भिडियो र हाकिमले घुस मागेको अडियो समेत सार्वजनिक गरेको हो ।

अमेरिकाबाट स्काइपमार्फत त्रिभुवन विमानस्थलमा ‘शेर्पा नेपाली होइन’ भनेपछि लाखौं घुस ख्याउनु परेको बताउँदै पिडित शेर्पा ।
दिचिन डोमाले असोज २१ गतेदेखि २५ गतेसम्म बस्नेतले घुस मागेर दुःख दिँदादेखि घुस लिँदासम्मको भिडियो रेकर्ड गराएकी थिइन । हाल अमेरिका पुगेकी शेर्पाले स्काइपमार्फत दिएको जानकारी अनुसार पासपोर्ट र नागरिकता छ नि दाई भन्दा बस्नेतले पासपोर्ट र नागरिकता भएपनि शेर्पा नेपाली होइन भनेका थिए ।
शेर्पालाई नेपाली नमान्ने र लाखौ घुस खाने हाकिम र यसका मतियारलाई सरकार कारवाही गर्छ की आफै शेर्पाको घुस रकम बाँडेर खान्छ त्यो भने हेर्न बाँकी छ ।

बस्नेतले घुस ओसा्रन प्रयोग गरेको गाडी ।
