विपाको विषयमा राजमुपा पनि मोहन वैद्य पथमा

Read Time:2 Minute, 8 Second

प्रधानमन्त्री निर्वाचनमा डा. बाबुराम भट्टराईलाई सघाएको राष्ट्रिय जनमुक्ति पार्टीले नेपाल भारत लगानी प्रर्वद्धन तथा  संरक्षण सम्झौता विपाको विषयमा भने भट्टराईको विपक्षमा देखिएको छ । प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा गरेको  विपा सम्झौताको खुलेर विरोध गर्ने सत्ता पक्षीय दलमा जनमुक्ति पनि देखिएको हो ।

सम्झौता नेपालको हीत विपरीत रहेको तथा एक पक्षीय रुपमा भारतीय हीतको पक्षपोषण गरेकाले आफूहरुले विरोध गर्नु परेको सो पार्टीको आधिकारिक वेभसाईट जनमुक्तिपार्टी डटकममा उल्लेख छ । वेभसाइटमा सम्झौता तत्काल खारेज नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।

एमाओवादीको वैद्य पक्षले वाहेक सत्ताधारी दलले विपाको बचाउ गर्दै आएको छ भने प्रतिपक्षी नेपाली काँग्रेसले यसको समर्थन गरेको छ ।

विपा सम्झौताको विरोधी देखिएको एमाले अध्यक्ष झलनाथ खनालले आफू प्रधानमन्त्री हुँदा यहि सम्झौतामा हस्ताक्षर गर्न न्वारानदेखिको बल लगाए  पनि असफल भएका थिए । खनालले यहि सम्झौतामा हस्ताक्षर गराउने स्वार्थका लागि कुटतीतिक मर्यादाको न्यूनत्तम मान्यता विपरीत आफ्नो मन्त्री परिषदका उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई अधिकारी भन्दा कनिष्ठ भारती विदेशी मन्त्री एसएम कृष्णलाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पठाएका थिए ।

 

बिपाको पूर्ण पाठ चाहिएको छ ?

विपा सम्झौता: प्रतिपक्षको समर्थन सत्तापक्षकै विरोध

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %