मगर संघ केन्द्रिय समिति सत्रौं बैठकको निर्णय

Read Time:12 Minute, 49 Second
नेपाल मगर संघ, केन्द्रिय समितिको सत्रौं बैठकको

परिपत्र

नेपाल मगर संघ केन्द्रीय समितिको १७ औ नियमित पूर्ण बैठक,  संघको केन्द्रीय कार्यलय कलंकी काठमाण्डौमा अध्यक्ष झक बहादुर थापामगरको अध्यक्षतामा तपशिल बमोजिमका निर्णयहरु गर्दै सम्पन्न भयो र आ�आफ्नो कार्यक्षेत्रमा कार्यन्वयनका लागि यस परिपत्र जारी गरिएको छ ।

कार्यन्वयनका लागि परिपत्र गरिएका निर्णयहरुः
१. शुभकामना तथा बधाई कार्यक्रम
नेपाल मगर संघका केन्द्रीय समितिको अध्यक्ष श्री झक बहादुर थापा मगर आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्थानको गरिमामय उपाध्यक्ष पदमा नियुक्ति हुनुभएको मा हार्दिक बधाई तथा सफलकार्यकालको शुभकामना व्यक्त गर्ने निर्णय गरियो । त्यसै गरि नेपाल सरकारमा मान्त्री हुनुभएका मगरहरु क्रमशः वर्षामान पुनमगर, कमला रोकामगर, लोकेन्द्र विष्टमगर, जयपुरी घर्तीमगर, ओनसरी घर्तीमगर ए.ने.कपा. माओवादीबाट नियुक्ति हुनु भएकोमा शुभकामना व्यक्त गर्ने निर्णय गरियो ।
२. सघको दशौं राष्ट्रिय महाधिवेसन भव्यरुपले सम्पन्न गर्नका लागि निम्न बमोजिमका उपसमितिहरु गठन गरिएको छ ।
क) विधान संसोधन उप�समितिः संयोजकमा महेन्द्र थापामगर (उपाध्यक्ष), र सदस्यहरुमा नवीन     रोकामगर, रक्षा रैकामगर, लालकुमारी रानामगर र कानुनी सल्लाहकारहरुसंग प्राविधिक परामर्श     गर्ने गरि निर्णय गरियो ।
ख) संगठनात्मक प्रतिवेदन तयारी उप�समितिः संयोजकमा बसन्त घर्तीमगर र सदस्यहरुमा नन्द बहादुर     घर्तीमगर, बालसिंह काउछामगर, कविता आलेमगर रहने गरि उपसमिति गठन गरियो ।  
ग) आर्थिक प्रतिवेदन तयारी उप�समितिः संयोजकमाः     कुल प्रसाद पुनमगर र सदस्यहरुमा हरी     पाटामगर र सवित्री रानामगर रहने गरि उप समिति गठन गरियो ।
घ) मूल व्यवस्थापन उप समितिः संयोजकमा     बालांिसंह काउछामगर र सदस्यहरुमा मोहन थापामगर, लालकुमारी रानामगर, तारा बहादुर थापामगर, बल बहादुर रानामगर, गुरु प्रसाद घर्तीमगर, होम बहादुर बुढाथाकीमगर, सविना बुढामगर, नरदेवि पाईजा र लुम्बिनी अञ्चल भित्रका     जिल्लाहरुका संघका अध्यक्षहरु रहने गरि उपसमिति गठन गरियो ।
ङ) प्रचार प्रसार उप समितिः संयोजकमा गंगाबहादुर थापामगर र सदस्यहरुमा    वागमती र लुम्बिनी अञ्चलका केन्द्रीय सदस्यहरु तथा भातृ संगठनका अध्यक्षहरु रहने गरि समिति गठन गरियो ।
च) प्रकाशनको लागिः संघको मुखपत्र लगाएत विभिन्न प्रकाशनको लागि प्रकाशन विभाग प्रमुखको महेन्द्र थापामगर, सदस्य नवीन रोकामगर र प्राविधिक ज्ञानेन्द्र पुनमगर र मेक रानामगरलाई जिम्मेवारी दिने निर्णय गरियो ।
छ) मुल आयोजक समितिः यस समितिमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, सबै भातृ संगठनका केन्द्रीय समिति र संघको जिल्ला समितिको पदाधिकारी सदस्य सबै महाधिवेसन मुलआयोजक समिति गठन गर्ने सार्थ सम्पूर्ण उपसमितिहरुको गतिविधीहरुको अनुगमन केन्द्रीय कार्यलयले गर्ने निर्णय गरियो ।
ज) जिल्लाहरुमा जिल्ला अधिवेशनः नेपाल मगर संघको तपशिलका जिल्लाहरुमा जिल्ला अधिवेशन गर्र्नु पर्ने अवधि पुगेका जिल्लाहरुको यही २०६८ कार्तिक २० गते भित्र अनिवार्य केन्द्रीय प्रतिनिधीहरुको उपश्थितिमा सम्पन्न गरि केन्द्रमा जानकारी गराई सक्नुपर्नेछ । अन्यथा १० औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधी पर्यवेक्षक बन्न पाइने छैन । अधिवेशन गर्नै पर्ने जिल्लाहरुमा पाँचथर, कोशी अञ्चलको दुई जिल्ला, सिन्धुली, वारा, रौतहट, सिन्धुपाल्चोक, भक्तपुर, काठमाण्डौ, मनाङ, बाग्लुङ, म्याग्दी, पर्वत, मुस्ताङ, नवलपरासी, दैलेख, बर्दिया, डोटी, अछाम, डोल्पा, जुम्ला, कालीकोट गरि २२ जिल्लाहरु छन् । र हाल सम्म गठन नभएका जिल्लाहरुमा ताप्लेजुङ, बझाङ, बाजुरा, दार्चुला, हुम्ला, मुगु आदि ।
झ) महाधिवेसन प्रतिनिधी छनौट सम्बन्धमा
प्रतिनिधी छनौट गर्दा संघको केन्द्रीय प्रतिनिधीको अनिवार्य उपस्थितिमा मगर संघको सवालमा जिल्ला समिति वा भातृसंगठनहरुमा संवन्धित समितिको कार्यकारिणी समितिका पदाधिकारी,  सदस्यहरुबाट गर्नुपर्ने छ । र पर्यवेक्षकहरुको छनौट भने संवन्धित समितिको निर्णयबाट गर्नु पर्नेछ । यसरी पाँचजना प्रतिनिधी र दुई जना पर्यवेक्षक गरि सात जना हुनेछ । त्यसै गरि भरिएको प्रतिनिधी/पर्यवेक्षक फारम, दुई प्रति फोटो, प्रतिनिधीहरुको नामावली सहितको जिल्ला समितिको सिफारिस र निर्णयको फोटोकपी र प्रतिनिधी�पर्यवेक्षक शुल्क वापत प्रति व्यक्ति एक हजार (१०००) रुपैयाका दरले कार्तिक मसान्त भित्र केन्द्रीय प्रतिनिधीको माध्येमबाट केन्द्रीय कार्यलयमा बुझाउनु पर्नेछ । र अन्य विधान बमोजिम केन्द्रीय कार्यलयबाट व्यवस्था हुने गरि निर्णय गरियो । र आर्थिक दायित्वको सम्वन्धमा अनुसुचि १ मा निधारण गरे बमोजिम जिल्लाहरुले रकम अनिवार्य बुझाउनु पर्नेछ ।
ञ) महाधिवेशनको प्रमुख अतिथिः महाधिवेशनको प्रमुख अतिथिमा सोही समयमा बहालवाला प्रधानमन्त्री, सभामुख, मगरमन्त्रीहरुलाई निमन्त्रणा गर्ने निर्णय गरियो ।
ट) आर्थिक खर्च विवरणः अनुमानित खर्च बजेटको सम्बन्धमा कोषाध्यक्ष कुलप्रसाद पुनमगर द्धारा प्रस्तुत विवरणमा केही संसोधन गर्दै पारित गरियो र जिल्लाहरुको वर्गिकृत कोटा (दस्तुर) लाई चार खण्डमा विभाजन गरि पुनवर्गिकृत गरि अनिवार्य दस्तुर बुझाउनु पर्ने निर्णय गरियो । र जिल्लाहरुको संस्थागत आर्थिक दायित्व अनुसुची १ मा उल्लेख भए बमोजिम अनिवार्यरुपले २०६८ कार्तिक मसान्त भित्र अनिवार्य बुझाउनु पर्नेछ ।
३. परियोजना सम्वन्धमाः नेपाल मगर संघ केन्द्रीय समितिद्धारा सञ्चालित परियोजनाको बारेमा नीतिगत जानकारी महासचिव बसन्त घर्तीबाट र भावी कार्ययोजनाको बारेमा कार्यक्रम संयोजक ज्ञानेन्द्र पुनमगरले संक्षिप्त जानकारी गराई गराउनु भयो ।
४. विविध सम्बन्धमा भएका निर्णयहरुः
क) नेपाल मगर संघ संघात्मकमा जाने सवालमा मगर जाति भित्र भएको भाषिक, सांस्कृतिक, सामाजिक पहिचान लागाएतका विविधतालाई सम्बोधन्न गर्ने गरि समानुपातिक समावेशी नीति बनाएर कार्यन्वयन गर्नका लागि विधान मस्यौदा उपसमितिमा निर्णय गरियो ।
ख) मगर जाति भित्रका विभिन्न थर उपथरहरुले आदिवासी जनजातिमा छुट्टै सुचिकरणका लागि पहल गरिरहेको पुन समाजका प्रतिनिधीहरुसंग २०६८ असोज महिना भित्र केन्द्रीय कार्यलयले वार्ता, छलफल गरि समुदायलाई औपचारिक जानकारी गर्ने निर्णय गरियो ।
ग) नेपाल मगर संघ दाङ जिल्ला समिति र तुल्सीपुर नगर समितिको बिचमा जग्गाको बारेमा भएको विवादका सम्बन्धमा छानबिनका लागि गठित कार्यदलले पेश गरेको छानबिन प्रतिवेदन माथी छलफल गरि सर्वसहमति अनुसार निन्न निर्णय गरियो र  ।
� हाल क्रियासिल जिल्ला र तुल्सीपुर नगर समितिलाई आजको मिति देखि कुनै पनि संस्थागत गतिविधी गर्न नपाइने निष्कृय रहने निर्णय गरियो  साथै जग्गा विवादसंबन्धित कुनै पनि विषयहरु निष्कृय हुने निर्णय गरियो ।
– उक्त समितिहरुलाई २०६८ असोज मसान्त भित्र नयाँ समिति गठन गर्नका लागि केन्द्रीय समिति सदस्य गुरुप्रसाद घर्तीमगरको संयोजकत्वमा सात सदस्य एक केन्द्रीय आयोजक समिति गठन गरियो जसको सदस्यहरुमा होम बहादुर बुढाथोकीमगर, सविना बुढामगर, बल भद्र कुसारीमगर, सत बहादुर रोकामगर, जीतबहादुर बुढामगर र टीका घर्तीमगर रहनु भएको छ ।
अन्त्यमा, संघका केन्द्रीय सदस्य गुरुप्रसाद घर्तीमगरको हालै स्वर्गवास हुनुभएका ८३ वर्षिय आमा पम्फाकली घर्तीमगरको नाम शोक प्रस्ताव पारित गर्दै समापन गरियो । र सबैलाई आ�आफ्नो कार्यक्षेत्रमा जिम्मेवारीहरु पूर्ण गभिरता र जिम्मेवारीवोधका साथ कार्यन्वयनका लागि यस निर्देशन गरिन्छ .

बसन्त घर्तीमगर
महासचिव


bzf}+ /fli6�o dxflwj]zgsf] cfly{s sf]6f lgwf{/0f eP adf]lhd lg0f{o ePsf] 5 . cfkmgf] lhNnfsf] sf]6f cg’;f/ clgjfo{ z’Ns a’emfO{ /fli6�o dxflwj]zgdf ;xeflu x’g ;a}nfO{ cg’/f]w ul/G5 .

नेपाल मगर संघ जिल्ला समितिहरुले आफ्नो जिल्लाको वर्गिकरण अनुसार बुझाउनु पर्नेछ ।
नाम                                                             
क. वर्ग (रु.८०००)
झापा, सुनसरी, मकवानपुर, चितवान, काठमाण्डौ, ललितपुर, भतपुर, घादिङ, कास्की, तनहुँ, गुल्मी, रुपन्देही, नवलपरासी, पाल्पा, बाग्लुङ्ग,  दाङ्ग, वाँके, सुर्खेत र कैलाली जिल्ला समितिहरु     
ख. वर्ग (रु.६०००)
उदयपुर, काभ्रे, नुवाकोट, रामेछाप, सर्लाही, पर्वत, कपिल्वस्तु, रुकुम, गोरखा, सिन्धुली, रौतहत, इलाम, स्याङ्जा, अर्घखाँची, वारा, म्याग्दी, रोल्पा र कञ्चनपुर जिल्ला समितिहरु    
ग. वर्ग (रु.४०००)
दडेलधुरा, बैतडी, डोटी, बझाङ, दैलेख, जाजरकोट, बर्दिया, प्युठान, लमजुङ, धनुषा, दोलखा, रसुवा,
सिन्धुपलान्चोक, पर्सा, सल्यान, ओखलढुङ्गा,  खोटाङ्ग, सोलुखम्बु, सिराह, सप्तरी, संखुवासभा,
भोजपुर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ्ग र पाँचथर जिल्ला समितिहरु    
घ. वर्ग (रु.२०००)
कर्णालीको डोल्पा, जुम्ला, जाजरकोट, आछाम, मनाङ, मुस्ताङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %