
संघको दशौ महाधिवेशन यही मंसिर २४ गतेदेखी २७ गतेसम्म जिल्ला सदरमुकम तमघासमा हुने निर्णय भएको हो ।
देब पचभैया
नेपाल मगर संघ केन्द्रिय कमितिको महाधिवेशन गुल्मीको तम्घासमा हुने भएको छ । संघको दशौ महाधिवेशन यही मंसिर २४ गतेदेखी २७ गतेसम्म जिल्ला सदरमुकम तमघासमा हुने निर्णय भएको हो ।
तयारी व्यवस्थापन समितिको पहिलो वैठकले दशौ महाधिवेशनको लागि आवश्यक पर्ने महत्वपूर्ण विषयहरुमा विषेश रुपले छलफल गरेको थियो । उक्त छलफलमा मुख्य रुपले आर्थिक विषयको वारेमा केन्द्रित भई छलफल गरिएको दशौ महाधिवेशन तयारी समितिका संयोजक एवं केन्द्रिय सदस्य वालिसंह काउछाले जानकारी दिए ।
दशौ अधिवेशनलाई सफल पार्नको लागि प्रत्यॆक जिल्लाबाट ५ जना प्रतिनिधि एवं २ जना पर्यवेक्षकहरु अनिवार्य रुपले उपस्थित गराउने भएको छ भने रुपन्देही नवलपरासी र कपिलवस्तुका जिल्ला अध्यक्षहरुले महाधिवेशनको लागि लाग्ने सम्पुर्ण खाद्य सामाग्री उपलब्ध गराई महाधिवेशनलाई सफल गराउने तिनै जिल्लाका जिल्ला अध्यक्षहरुले बताए ।
उक्त सम्मेलनमा ७२ जिल्लाबाट करिव ७ सय जना प्रतिनिधि एवं पर्यवेक्षहरुको उपस्थिति रहने नेपाल मगर संघ जिल्ला अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिनुभयो । तयारी वैठकमा नेपाल मगर संघ केन्द्रिय अध्यक्षले प्रमुख अथितिको आशनबाट यस दशौ महाधिवेशनलाई सम्पन्न गर्नका लागि आ-आपुना जिल्लामा रहेका स्थानिय समचार माध्येमहरुमार्पुत महाधिवेशनको प्रचारप्रसार गर्ने आफु मातहतका केन्द्रिय पदाधिकारीहरुलाई निर्देशन समेत दिएका छन् ।
